काठमाडौं । फिल्म ‘झिँगेदाउ २’ बन्ने भएको छ । सिक्वेल फिल्मको भीडमा यस वर्षको ‘क्लिन हिट’ फिल्म ‘झिँगेदाउ २’ले करिब ४० वर्षअघिको नेपालको गाउँले परिवेशमा निर्माण भएको ‘झिँगेदाउ’ले घरेलू बक्सअफिसमा कमालको ब्यापार गरेको थियो ।
‘झिँगेदाउ ’ हिट भएको केही समयमा नै महेश दवाडीले ‘झिँगेदाउ २’को स्क्रिप्ट लेखिरहेका छन् । सम्भवतः अर्को वर्ष यसको सुटिङ सुरु हुने निर्माता तथा निर्देशक ज्ञानेन्द्र देउजा बताउँछन् ।
दर्शकहरुले पनि नयाँ नाममा बनेका फिल्मभन्दा सिक्वेलप्रति नै बढी विश्वास गरेको देखिन्छ । फिल्मको कमाईले निर्माता तथा निर्देशक ज्ञानेन्द्र देउजालाई नै अचम्मित तुल्याएसँगै उनी पनि यसको सिक्वेल बनाउन लागिरहेका बेला उनलाई चारैतिरबाट शुभकामनाको ओइरो नै लागेको छ ।
‘झिँगेदाउ’मा हिउँवाला गौतम, केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल विष्टको अभिनय थियो । सिक्वेलमा उनीहरु नै रहनेछन् ।