काठमाडौं – रोनाल्डोले प्रशिक्षकसँगको विवादका कारण टिम छाड्ने धम्की दिए भन्ने खबर झटो भएको बताइएको छ । प्रशिक्षक फर्नान्डो सान्तोससँगको विवादका कारण क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टिम छाड्ने धम्की दिएको भन्ने समाचारहरू आइरहेका बेला यो असत्य भएको खबर बाहिर आएको हो । पोर्चुगल फुटबल संघले वक्तव्य जारी गर्दै ती सबै समाचार झुटा भएको स्पष्ट पारेको छ।
वक्तव्यमा भनिएको छ, ‘राष्ट्रिय टिमका कप्तानले त्यस्तो केही धम्की दिएका छैनन्। उनी कतारमा दत्तचित्त भएर राष्ट्रिय टिमको हितमा लागि परेका छन्।’ विश्वकप अन्तर्गत समूह चरणका अन्तिम खेलमा दक्षिण कोरियाविरुद्ध सब्स्टिच्युट हुँदा रोनाल्डो खुशी थिएनन्।
जसबाट प्रशिक्षक सान्तोस असन्तुष्ट बनेका थिए। जसले गर्दा यस्ता खबर बाहिर आएका थिए । अन्तिम १६ अन्तर्गत स्विट्जरल्यान्डविरुद्धको खेलमा उनी पहिलो रोजाइमा परेनन्। तर, त्यसको कारण विवाद नभएर रणनीतिक योजना भएको सान्तोसले यसअघि नै स्पष्ट पारिसकेका छन्।