आज पनि भारी वर्षाको सम्भाबना सर्तक रहन आग्रह — OSNepal

आज पनि भारी वर्षाको सम्भाबना सर्तक रहन आग्रह

LC (KTM) July 02, 2021 0

काठमाडौं । देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा भिषण तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ त्यस्तै ।

प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित भारी वर्षा तथा एक दुइ स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकोले सर्तक रहन महाशाखाले आग्रह गरेको छ ।

काठमाडौं उपत्यकामा पनि वर्षा हुने महाशाखाले जनाएको छ ।त्यस्तै भोली पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर