काठमाडौँ । पछिल्ला दिनमा निर्माता निर्देशकहरुले नयाँ नाममा भन्दा पनि फिल्महरु पुरानै नाममा अर्थात सिक्वेलका रुपमा निर्माण गरिरहेका छन् । जसको अपवाद हो फिल्म ‘महापुरुष’ ।
जसले बक्स अफिसमा बम्पर व्यापार गर्यो । अझै, पनि यो फिल्म चलिरहेको छ । यो कुनै पनि फिल्मको सिरिज वा सिक्वेल नभएपनि निर्देशक प्रदीप भट्राइ र उनको टिमले कमाल नै गरेर देखायो ।
तर त्यसपछिका फिल्महरुलाई दर्शकले कति पत्याउलान् भन्ने प्रश्न खडा भएको छ । चलेकै ब्यानरले पनि नयाँ नाममा फिल्म निर्माण गर्न नसकेको दीपकराज गिरी र उनको टिमले ‘माग्ने राजा’ नाम राख्ने भनेर चर्चा पाए पनि उनीहरु अन्तत ‘छक्का पन्जा ४’ नै नाम राखेर फिल्म बनाइरहेका छन् ।
फिल्म ‘रेशम फिलिली’को समेत सिरिज बन्ने भएको छ । भूकम्प आएको अघिल्लो दिन रिलिज भएको फिल्मलाई ७ बर्षपछि सिरिजमा ल्याउन कलाकार तथा निर्माता विनय श्रेष्ठ कथा लेखिरहेका छन् । त्यस्तै यो बर्षको हिट फिल्म ‘झिँगे दाउ’को सिक्वेल बन्ने भएको छ ।
फिल्म ‘प्रसाद’को सिक्वेल बन्दैछ । जसको सुवास थापाले निर्माण र सुदर्शन थापाले निर्देशन गर्दैछन् । फिल्म ‘म यस्तो गीत गाउँछु ३, २ नम्बरी २ सबैले सिक्वेल बनाउँदा चल्ने विश्वास निर्माता निर्देशकमा बढेको देखिन्छ ।