काठमाडौं –
केही दिनदेखि लगातार बढिरहेको सुनको मूल्य आज भने घटेको छ । सो प्रतितोला चार सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला छ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला ९९ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो। आज सुनको मूल्यसँगै चाँदीको पनि घटेको छ ।
आज चाँदी प्रतितोला ३५ रुपैयाँ घटेर १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।