काठमाडौं । भारतको सिक्किमबाट घोषणा गरिएको फिल्म ‘ग्रहण’मा नायिका नम्रता श्रेष्ठ र विनय श्रेष्ठले एक साथ काम गर्न के गर्लान् ?
१४ वर्षपछि यो जोडीले एकसाथ काम गर्ने कुरा अगाडी बढृको भनिएता पनि अहिले आएर उनीहरु एकसाथ देखिने भन्ने संभावना टरेको छ ।
आलोक नेम्बाङ निर्देशित ‘सानो संसार’मा एकसाथ देखिएका उनीहरुलाई फेरी १४ वर्षपछि दर्शकले सँगै देख्न पाउने आशाले उनीहरुका
फ्यानहरु खुसी थिए ।
सन् २००८ मा रिलिज भएको ‘सानो संसार’मा यी दुई पछिल्लोपटक देखिएका थिए । तर ‘ग्रहण’बाट विनय बाहिरिएका छन् । फिल्मको अन्तिम ड्राफ्ट चित्त नबुझेकाले आफूले प्रोजेक्ट छाडेको बिनयको भनाई छ ।
उनको ठाउँमा दिव्यदेवलाई भित्र्याउने तयारी गरिएको निर्देशक राजीव गुरुङले जानकारी दिए । निर्माण यूनिटले पुस १५ गतेपछि फिल्मको छायांकन गर्ने तयारी थालेको छ ।