नेपाल समुहको निणर्य :अवैध कमिटीले डाकेको बैठकमा सहभागी नहुने — OSNepal

नेपाल समुहको निणर्य :अवैध कमिटीले डाकेको बैठकमा सहभागी नहुने

LC (KTM) July 01, 2021 0

काठमाडौँ १७ असार । नेकपा एमालेको माधव नेपाल समुह भोली शुक्रबार बस्ने पार्टीको केन्द्रिय कमिटिको बैठकमा नजाने भएको छ ।

बैठकमा जाने कि नजाने भनेर आज बुद्धनगरस्थित क्वालिटी वैंक्वेटमा बसेको नेपाल समुहको बैठकले पार्टीका अध्यक्ष समेत रहेका केपी ओलीले बोलाएको बैठक अवैधानिक भएको निष्कर्ष निकाली बैठकमा सहभागी नहुने निणर्य गरेको हो ।

अवैध कमिटीले डाकेको बैठक पार्टी एकताको पक्षमा नभएको निष्कर्ष निकालेको नेपाल समुहका सहभागी भएका एक नेताल भने , ‘पार्टी एकतालाई इमान्दार भएर अगाडि बढाउन र त्यसैअनुसार बैठकलगायत सबै प्रक्रिया अघि बढाउन आह्वान गरेका छौँ ‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर