कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ अन्र्तगत अहिले भइरहेको फ्रान्स र पोल्याण्डबीचको खेलमा फ्रान्सले अग्रता बनाएको छ । अल थुमामा स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा फ्रान्सले १-० गोलको अग्रता बनाएको हो ।
खेलको ४४ औं मिनेटमा ओलिभर जेरुडले गोल गर्दै फ्रान्सलाई १-० गोलको अग्रता दिलाएका हुन् ।उनले केलियन एमबाप्पेको पासमा सहज गोल गरे । यस गोसँगै जेरुडले फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।
जेरुडको यो फ्रान्सका लागि ५२ औं गोल हो । जेरुडले थिएरी हेनरीको नाममा रहेको ५१ गोलको कीर्तिमान तोडेका हुन् ।