रिस्ताकी आमा विपना बस्नेतले रिस्ताको विवाहलाई किन दिइनन् मान्यता ? यस्तो रहेछ भित्री कुरा — OSNepal

रिस्ताकी आमा विपना बस्नेतले रिस्ताको विवाहलाई किन दिइनन् मान्यता ? यस्तो रहेछ भित्री कुरा

LC (KTM) December 04, 2022 0

काठमाडौं । फिल्म ‘पासो’की नायिका रिस्ता बस्नेत पछिल्ला दिनमा चर्चामा छिन् । उनको एकातिर फिल्म हलमा चलिरहेको र अर्कातिर प्रेम, रोमान्स र विबाहको विषयले मिडियामा स्थान पाएका कारण उनको चर्चा थप चुलिएको हो ।

केही समय अघि कानुनी विबाह गरेकी रिस्ता सोही फिल्मको प्रेस शोमा उपस्थित यी नायिकाले आफ्ना पतिलाई प्रेमी भन्दै चिनाएकी थिइन् । सोही फिल्मकी अर्की नवविवाहित सुनिशाले आफ्नो पहिलो चलचित्र (नायिकाको रुपमा) को प्रिमियरमा श्रीमान राज आचार्य (तितोसत्यका पूर्वबालकलाकार) लाई लिएर आउँदा रिस्ताले पतिलार्य नै ल्याएर प्रेमी भनेर चिनाउन पछि परिनन् ।

रिस्ताले ‘व्वाइफ्रेन्ड’ भनेर चिनाएका पुरुष अजयसिंह ठकुरी हुन् । जो धेरै कार्यक्रममा रिस्तासँग देखिन्छन् । रिस्ताले सँधै उनलाई व्वाइफ्रेन्ड नै भनेर चिनाउँछिन् ।

तर, यथार्थमा अजय र रिस्ता श्रीमान-श्रीमती हुन् । पारिवारिक स्रोतका अनुसार केही समय अगाडि उनीहरुको कोर्ट म्यारिज भइसकेको छ । वास्तवमा रिस्ताकी आमा विपना बस्नेतले उनीहरुको विवाहलाई मान्यता नदिएपछि रिस्ताले अहिलेसम्म प्रेमी नै भनेर चिनाउँदै आएकी छिन् ।

विवाहको विषयमा आमाछोरीबीच सहमति नहुँदा यस्तो अवस्था आएको बताइन्छ । आमा विपनाले परम्परागत तवरले धुमधामसँग छोरीको विवाह गर्न चाहेकी छन् । सम्भवत केही दिनमै उनीहरुको परम्परागत विवाह हुने छ ।

रिस्ताकी आमा विपना पनि चर्चित कलाकार हुन् । टेलिश्रृंखला ‘तितो सत्य’ मा हिसिला यमीको भूमिकामा अभिनय गर्थिन् । विपनाका श्रीमान दिपक क्षेत्रीको भने २०७६ सालमा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर