उद्घाटन नहुँदै भासियो सिरहा–धनुषा जोड्ने कमला नदीको पुल — OSNepal

उद्घाटन नहुँदै भासियो सिरहा–धनुषा जोड्ने कमला नदीको पुल

LC (KTM) July 01, 2021 0

जनकपुरधाम १७ असार – हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीको पुल भासिएको छ । सो पुलको निर्माण सम्पन्न भइ हस्तान्तरणको चरणमा पुगेको जनाइएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलका अनुसार पुलको १२ स्पानमध्ये एउटा स्पान एक फिट भासिएको छ । रू. २४ करोड ४२ लाखका लागतमा सम्पन्न भएको सो पुलको निर्माण गर्न शुरुआतमा पप्पु कन्सट्रक्सनले ठेक्का पाएको थियो ।

सो कम्पनीले समयमा पुल निर्माण नगरेपछि लुम्बिनी विल्डर्सलाई ठेक्का दिइएको थियो । सो कम्पनीले यही असार १३ गते निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने सम्झौता गरेको बताइएको छ । ( रासस )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर