पश्चिम बागलुङको रणनीतिक सडक निर्माण सुरु,३० करोड ४३ लाखको ठेक्का — OSNepal

पश्चिम बागलुङको रणनीतिक सडक निर्माण सुरु,३० करोड ४३ लाखको ठेक्का

LC (KTM) December 04, 2022 0

गलकोट-गलकोट नगरपालिका–५ हरिचौरबाट बडिगाड, निसीखोला गाउँपालिका हुँदै प्यूठान जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनाको काम सुरुआत भएको छ ।

शनिबार गलकोट–७ मल्ममा सडक स्तरोन्नतिको वडाध्यक्ष राजबहादुर थापाले शुभारम्भ गर्नुभयो । सो अवसरमा उहाँले गलकोटमात्रै नभएर सिङ्गै पश्चिम बागलुङको विकासमा उक्त सडक मेरुदण्डका रूपमा रहने बताउनुभयो । सडक विभागले रु ३० करोड ४३ लाखको ठेक्कामार्फत आयोजनाको काम अगाडि बढाएको हो । निर्माण कम्पनी लोपूर्ण कन्स्ट्रक्शन प्रालिका प्रबन्धक अमिन लामाले उक्त बजेटबाट आठ किमी सडक कालोपत्र गरिने बताउनुभयो ।

सुरुको चरणमा मल्म र हरिचौरबाट गरी दुई खण्डमा कालोपत्रका लागि पूर्वाधार तयारीको काम गरिने उहाँको भनाइ छ । “कुनै अवरोध नभएमा ३० महिनाभित्रैमा काम सक्ने हाम्रो लक्ष्य छ”, प्रबन्धक लामाले भन्नुभयो, “एघार किमीमा सडक कटिङ हुन्छ, आठ किमी जति कालोपत्र हुन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर