माथिबाट पहिरो खस्दा दुई घर बगायो,दुई जनाको मृत्यु, बेपत्ता भएका तीन जनाको खोजी कार्य जारी — OSNepal

माथिबाट पहिरो खस्दा दुई घर बगायो,दुई जनाको मृत्यु, बेपत्ता भएका तीन जनाको खोजी कार्य जारी

LC (KTM) July 01, 2021 0

पूर्वी चितवनको राप्ती र कालिका नगरपालिकामा पहिरोले बगाएर दुई जनाको मृत्यु र तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार राप्ती– १२ को पर्खाल भन्ने स्थानमा माथिबाट पहिरो खस्दा दुई घर बगाउँदा घर भित्र रहेका चार जनालाई पहिरोले बगाएको थियो । ती मध्ये एक जना पुरुषको शव घटना स्थलबाट ५० मीटर तल फेला परेको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । मृतकको सनाखत हुन सकेको छैन ।

हराएकाको खोजी भइरहेको प्रहरीले जनाएको छ । यसैगरी कालिका नगरपालिका– ११ दानेटारका ५२ वर्षीय ज्ञानबहादुर चेपाङको पहिरोले बगाएर मृत्यु भएको छ । आफन्तकहाँ जाने क्रममा उहाँलाई पहिरोले बगाएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर