पहिरोले अबरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन — OSNepal

पहिरोले अबरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन

LC (KTM) July 01, 2021 0

धादिङ , १७ असार – पहिरोले अबरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । व्यास नगरपालिका–१२ स्थित छिर्कनेमा आज बिहान पहिरो खस्दा सो राजमार्ग अबरुद्ध भएको थियो । निरन्तरको प्रयासपछि पहिरो हटाएपछि राजमार्ग एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

“साना सवारी सञ्चालन भएका छन्, ठूला सवारी सञ्चालनका लागि केही समय लाग्ने देखिएको छ,” उहाँले भन्नुभयो । मङ्गलबारदेखिको अबिरल वर्षात्का कारण बन्दीपुरस्थित डुम्रेमा पनि आज बिहान पहिरो खसेको थियो । यसैबीच सोही राजमार्ग अन्तर्गत शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोला नजिक आधा भाग सडक भासिएको छ । सडक भासिएपनि सवारी साधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ । खैरेनीटारतर्फबाट नालामा बगेको पानी सडकबाटै बगिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर