वीरगञ्ज । मंसिर ४ गतेको निर्वाचनबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा निर्वाचित भएका बाराको परवानीपुरमा स्थानीयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ र प्रदेश सभा सदस्य जितेन्द्र सोनललाई अनौठो तरिकाले स्थानियले बधाई दिएका छन् ।
उनीहरुलाई २०५ किलोको माला लगाइदिएर जिम्मेवारीको भारी बोकाइदिउका छन् । बाराको परवानीपुर गाउँपालिका ५ बहुअरीमा उनीहरूलाई २ सय ५ किलोको माला लगाइदिएका हुन् ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि उनीहरू धन्यवाद ज्ञापन गर्न घरदैलोमा रहेको अवसरमा उनीहरुलाई हुअरीमा स्थानीयले स्वागत र सम्मान गरेको हो ।