काठमाडौँ । कतार विश्वकपमा आजदेखि समूहगत चरणका खेलहरु सकिँदैछन् । समूहगत चरणको अन्तिम दिन प्रिक्वाटरफाइनल पुग्ने अन्तिम दुई टोलीको टुंगो लाग्न बाँकी रहँदा ब्राजिल र पोर्चुगललाई अपराजित रहने चुनौती थपिएको छ। समूह जीअन्तर्गत ब्राजिलले क्यामरुन र स्वीट्जरल्यान्डले सर्बियासँग खेल्दै छ। यस्तै समूह एचमा पोर्चुगलले दक्षिण कोरिया तथा उरुग्वेले घानासँग प्रतिस्पर्धा गर्ने छ।
रोचक मोडमा पुगेको समूहगत चरणको अन्तिम दिनको समूहगत चरणका खेलमध्ये ब्राजिल र पोर्चुगल अघिल्ला दुवै खेल जितेर नकआउट चरण पुग्ने पक्का भइसकेको छ। समूह जीमा ब्राजिल ६ अंकसहित शीर्षस्थानमा छ।
स्वीट्जरल्यान्डको ३ तथा सर्बिया र क्यामरुनको एक एक अंक छ। यो समूहबाट स्वीट्जरल्यान्ड, सर्बिया र क्यामरुनमध्ये एक टोली अगाडि बढ्नेछन्। ब्राजिललाई पराजित गरेको अवस्थामा क्यामरुन अगाडि बढ्न सक्छ तर त्यसका लागि स्वीट्जरल्यान्डले सर्बियासँग हार ब्यहोर्नुपर्ने छ।
उता स्वीट्जरल्यान्डलाई पराजित गरेको अवस्थामा सर्बिया पनि अगाडि बढ्न सक्छ तर त्यसका लागि ब्राजिलले क्यामरुनलाई हराउनुपर्ने छ। क्यामरुन र सर्बिया दुवैले जित हात पारेको अवस्थामा यी दुईमध्ये एक टोली गोलअन्तरका आधारमा अगाडी बढ्नेछन्। ब्राजिलले क्यामरुनलाई पराजित गरेको अवस्थामा आफ्नो खेल कम्तिमा बराबरी खेलेपनि स्वीट्जरल्यान्ड अगाडी बढ्ने