काठमाडौ । जारी विश्वकप २०२२ मा रोचक र रमाइला क्षणहरु देखिन थालेका छन् ।
अर्जेन्टिना आफ्नो समूहको अन्तिम खेलमा पोल्यान्डमाथी आक्रामक बन्यो । दुई तिहाई समय बल आफ्नो पकडमा राखेको अर्जेन्टिना यो खेल जित्नैपर्ने दबाबमा रहँदा मेस्सी निकै रचनात्मक खेल खेल्न सफल बने ।
अघिल्लो चरण पुग्न पोल्यान्डलाई बराबरी पर्याप्त रहेको खेलमा पोल्यान्डका स्टार स्ट्राइकर तथा दुईपटकका फिफा वर्ष खेलाडी रोबर्ट लेवान्डोस्कीले लियोनल मेस्सीलाई फल गर्न पटक पटक पुगेको भिडियो अहिले भाइरल बनिरहेको छ ।
खेल २९० गोलले अर्जेन्टिनाले जित्यो र प्रिक्वाटरफाइनलमा स्थान बनायो। हारेपनि पोल्यान्ड समूह उपविजेताका रुपमा पहिलो चरण पार गर्न सफल भयो। खेलपछि लेवान्डोस्की र मेस्सीले कानेखुसी गरेको देखियो ।
खेल सकिएपछि यी दुई देशका खेलाडीले एकअर्कालाई का ने खुशी गर्दै के भन्ने जिज्ञासा मेटाउँदै डेलीमेलले उल्लेख गरेको छ ‘हामीले थोरै बोल्यौँ। रमाइलो भयो।
मैले मेस्सीलाई सँधैको भन्दा आज बढी रक्षात्मक खेल्नुपरेको बताएँ। टिमका लागि कहिलेकाहीँ यो आवश्यक हुन्छ’, लेवान्डोस्कीको भनाई उदृत गर्दै डेलीमेलले भनेको छ। मेस्सीमाथिको मेस्सीमाथीको फलबारे बोल्दै लेवान्डोस्कीले भनेँ ‘यो दुर्लभ कुरा हो, म डिफेन्सिभ मिडफिल्डमा थिएँ।