प्रधानन्यायाधीश जवराले किन तेर्साए, ओली सरकार पक्षका वकिलहरुलाई प्रश्नै प्रश्न ? — OSNepal

प्रधानन्यायाधीश जवराले किन तेर्साए, ओली सरकार पक्षका वकिलहरुलाई प्रश्नै प्रश्न ?

LC (KTM) July 01, 2021 0

काठमाडौँ १७ असार । संसद विघटन विरुद्ध परेको मुद्धाको सरकारी पक्षबाट वकालत गर्ने वकिलहरुलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवारले आज एक पछिअर्को प्रश्न गरेका छन् । सरकारको पक्षबाठ बहस गर्न इजलास पुगेका पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले यसअघि संविधानको धारा ७६९५०लाई अन्य धारासँग जोडेर बहस जारी राखेपछि लगातारतिन प्रश्न गरेका थिए ।

जवराले उपधारा ५ स्वतन्त्र हो भने अनि अरु धारासँग जोडेर पृथक तरिकाले व्याख्या गर्न मिल्छ ? ” उपधारा ५ मा दलको र स्वतन्त्र समर्थन गरेर सरकार बन्न सक्ने भन्ने कुरा आएको छ यसलाई प्रष्ट पार्नुहोस् ? देउवाको हकमा हेर्दा माओवादी र कांग्रेसको समर्थन पनि छ अरु दलको पनि कसरी गल्ती भयो ? भन्दै खरेललाई प्रश्न गरेका हुन् ।

बहसका क्रममा जवराले प्रधानमन्त्रीले आफुले विश्वासको मत पाउने सम्भावना नदेखेपछि संविधान ज्युँदो राख्न किन अरुलाई प्रधानमन्त्री पद दिन सक्नुभएन भने समेत सरकारी वकिलहरुलाई प्रश्न गरेका थिए । दलको सदस्य भएपछि त्यो दलको निर्णय मान्नुपर्छ, भन्दै अर्का वकिले गरेको बहसमा पनि जवराले बहुमत सांसदले सही गरेर दिएपछि प्रधानमन्त्री बन्नका लागि अर्को आधार चाहिन्छ र ? भनेर प्रश्न गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर