धनगढी : चेतनाको न्यायका लागि निषेधाज्ञा तोड्दै स्थानीयद्धारा प्रदर्शन — OSNepal

धनगढी : चेतनाको न्यायका लागि निषेधाज्ञा तोड्दै स्थानीयद्धारा प्रदर्शन

LC (KTM) December 02, 2022 0

धनगढी । बिहिबार साइकलमा विद्यालय गइरहेकी १५ वर्षीया बालिका चेतना साउदलाई ग्रेडररे ठक्कर दिँदा उनको घटनास्थलमा नै ज्यान गएपछि स्थानीयले उनलाई न्याय दिनुपर्ने माग गर्दै प्रदृशन जारी राखेका छन् ।

बिहीबार बिहान धनगढी उपमहानगरपालिका–५ स्थित पिपलचौतारा नजिकै कालिका कन्सट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिंदा साउदको घटनास्थलमै मृत्यु भए लगत्तैदेखि घटनाको विरोधमा बालिका अध्ययनरत पञ्चोदय माध्यमिक विद्यालयका विद्यार्थी र स्थानीयले निरन्तर प्रदृशन जारी राखेका छन् ।

बिहीबार दिनभर धनगढीमा प्रदर्शन गरेका थिए भने आन्दोलनकारी घटनास्थलबाट शव उठाउन नदिएपछि प्रशासनले घटनास्थल आसपासको क्षेत्रमा निषेधाज्ञा लागु गर्दै शव उठाएको थियो ।

स्थानीयले दोषीलाई कारवाहीको दायरमा ल्याउनुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । प्रशासनले पीडित पक्षलाई छलफलका लागि बोलाइएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर