प्रधानमन्त्री ओलीको पुत्ला दहन — OSNepal

प्रधानमन्त्री ओलीको पुत्ला दहन

LC (KTM) July 01, 2021 0

काठमाडौँ १७ असार । संसद विघटन विरुद्ध विपक्षी गठबन्धनको विद्यार्थी संगठनले आज बिहीबार सरकरा विरुद्ध प्रर्दशन गरेका छन् । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा विपक्षीदलका विद्यार्थी संगठकनहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन सहित प्रदर्शन गरेका हुन् ।

पुत्ला लहन गर्ने क्रममा प्रर्दशनकारी र प्रहरी बीच धकेलाधकेल भएको थियो भने प्रहरीले पुत्ला खोसेर निभाएको थियो ।

विपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठनले संसद विघटन विरद्ध प्रर्दशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर