काठमाडौँ १७ असार । राष्ट्रियसभा बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने भएकी छन् ।
नेकपा एमाले राष्ट्रियसभा प्रमुख सचेतक खिमलाल भट्टराईले दिएको जानकारी अनुसार यही असार २० या २१ गते राष्ट्रियसभा बैठकमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने भएकी हुन् ।
संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत नियम भएपनि यस वर्ष भने संसद भंग भएकाले यो कार्य नहुने भएको छ ।