प्रधानमन्त्री पदको लागि पेश गरेको आधार राष्ट्रपतिलाई उचित लागेन : अधिवक्ता महतो — OSNepal

प्रधानमन्त्री पदको लागि पेश गरेको आधार राष्ट्रपतिलाई उचित लागेन : अधिवक्ता महतो

LC (KTM) July 01, 2021 0

काठमाडौँ १७ असार । प्रधानमन्त्री केपी शर्मा ओली सरकारको प्रतिरक्षा गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले प्रधानमन्त्री नियुक्त गर्ने आधार उचित नलागेको बताएका छन् । सरकारी पक्षबाट संसद विघटन ठिक हो भन्दै संवैधानिक इजलासमा बहस गरिरहेका अधिवक्ता महतोले एउटा दलको सांसद अर्कोमा गएर मिलेपछि राष्ट्रपतिलाई आधार उचित नलागेको बताएका हुन् ।

तथापी, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले महतोलाई बहुमत सांसदले सही गरेर दिएपछि प्रधानमन्त्री बन्नका लागि अर्को आधार चाहिन्छ र ? भनेर प्रश्न गरेका थिए । ‘जवाफमा महतोले भने, दलको सदस्य भएपछि त्यो दलको निर्णय मान्नुपर्छ,आधार पनि कानूनसम्मत चाहिन्छ, एउटा टिमको खेलाडी मेरो टिममा ल्याएको छु, मान्यता देउ भन्दा राष्ट्रपतिलाई आधार लागेन’ ।

दलमा बसेर दलको निर्णय मान्नु पर्दछ, संसदभित्र दलको भूमिका हुन्छ, संसदीय मामिलामा दलको मातहतमा नै सांसद हुन्, त्यो भन्दा बाहिर जान नमिलने बताएका महतोले इजलासमा बहस गर्ने क्रममा अघि भने, “एमालेका संसदीय दलका नेता ओलीले मुलुक हाँकिरहेका छन्, उहाँलाई उहाँकै दलका सांसदले हटाएर संसदीय व्यवस्थामा अर्को दलको नेता देउवालाई समर्थन गर्न सक्दैनन् श्रीमान” ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर