काठमाडौं । अर्जेन्टिनाका कप्तान लिओनल मेसी फिफा विश्वकप पुटबलमा सर्वाधिक खेल खेल्ने खेलाडीको सूचीमा चौथो स्थानमा उक्लेका छन् ।उनले हान खेलाडी डिएगो म्यराडोनाको कृतिमानी ताड्दै , सर्वाधिक विश्वकप खेल्ने चौथो खेलाडी बन्न सफल भएका हुन् ।
कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह सीको अन्तिम खेलमा पोल्याण्डसँग खेलपछि मेसीले विश्वकपमा कूल २२ खेल खेलेका छन् । यसअघि चार विश्वकपमा १९ खेल खेलेका मेसीले जारी विश्वकपमा समूह चरणका तीनवटै खेल खेले ।
मेसी भन्दा धेरै विश्वकप खेल्नेमा जर्मनीका लोथार म्याथ्वु र मिरोस्लाभ तथा इटलीका पाउलो माल्दिनी छन् ।यति मात्र नभइ मेस्सी श्वकपमा सर्वाधिक खेल खेल्ने अर्जेन्टिनी खेलाडी पनि बनेका छन् ।
डिएगो म्यराडोनालाई पछि पारेका उनले म्याराडोनाले विश्वकपमा २१ खेल खेल्दै ८ गोल गरेका थिए । मेसीले पनि विश्वकपमा ८ गोल नै गरेका छन् ।