कतारमा जारी फिफा विश्वकप फुटबलमा आज उपाधी दाबेदार मानिएका टिमहरु नकाउट चरणमा प्रबेशका लागि भिड्दैछन् । आज समूह ई र समूह एफ का दुई दुई खेलहरु हुनेछन् ।
बेलुका पौने ९ बजे हुने खेलमा समुह एफमा रहेको क्रोएसिया र बेल्जियम तथा क्यानडा र मोरक्को बीच खेल हुनेछ । आजको यस पहिलो खेलहरुबाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ ।
दोस्रो दुई खेलमा समूह ई मा रहेका जापान र स्पेन तथा कोस्टारिका र जर्मनी बीच खेल हुदैछ । यी दुबै टीमले पौने १ बजे खेल्नेछन् । यस समुह बाट पनि २ राष्ट्रको टुंगो लाग्ने छ ।
एसियाली पावर हाउसको रुपमा रहेको जापानले पुर्व बिश्वकप बिजेता राष्ट्र स्पेन संग भिड्दैछ । एसियाली मुलुक कतारमा पहिलो पटक आयोजना भईरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।यस विश्वकपमा कुल ६४ खेल हुनेछ ।