बाढीका कारण क्षतिग्रस्त कालोपत्रे सडक — OSNepal

बाढीका कारण क्षतिग्रस्त कालोपत्रे सडक

LC (KTM) December 01, 2022 0

भजनी- गत भदौमा आएको बाढीका कारण कैलालीको भजनी नगरपालिकाको नगर रिङ रोडको गुरुयोजना अनुसार निर्माण भएको सडकमा पु¥याएको क्षति । दुई किलोमिटर पक्की सडकमा बाढीले क्षति पु¥याएको छ । तस्बिर ः झलनाथ खनाल÷रासस

यो पनि:दोलखाको १० मतदान केन्द्रमा मतदान सुरू-दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको हो । उक्त मतदान केन्द्रमा चार बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका उहाँले जानकारी दिनुभयो ।

निर्वाचन आयोगको यही मङ्सिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख तथा तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात मतदान केन्द्रमा आज मतदान गर्ने निर्णय गरेको थियो ।

त्यस्तै, वैत्यश्वर वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख र ग मतदान केन्द्रमा मतदान सुरू भएको छ । निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न भएकोे निर्वाचनलाई रद्द गरी सोही ठाउँमा पुनः मतदान गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर