नेपाली राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर सोमपाल कामीको एकदिवसीय बलिङ वरीयतामा सुधार आएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा सोमपाल दुई स्थान माथि उक्लन सफल भएका छन् । नयाँ वरीयतामा सोमपाल ९३ औं स्थानमा छन् । यसअघि सोमपाल ९५ औ स्थानमा रहेका थिए ।
नाबालिगलाई करणी गरेको आरोपमा कस्टडीमा रहेका सन्दीप लामिछानेले भने बलिङ तर्फ एक स्थान सुधार गरेका छन् । उनी ३७ औं स्थानमा रहेका छन् ।ब्याटिङतर्फ आसिफ शेख र कप्तान रोहित कुमार पौडेलको वरीयता यथावत रहेको छ ।
नयाँ वरीयतामा शेख ९१ औं र पौडेल ९२ औं स्थानमा रहेका छन् ।ब्याटिङतर्फ पाकिस्तानका कप्तान बाबर अजाम शीर्ष स्थानमा रहेका छन् ।बलिङतर्फ भने न्युजिल्याण्डका फास्ट बलर ट्रेन्ट बोल्ट पहिलो स्थानमा रहेका छन् ।