अवैध लागूऔषध खैरो हेरोईन सहित दुई जना पक्राउ — OSNepal

अवैध लागूऔषध खैरो हेरोईन सहित दुई जना पक्राउ

LC (KTM) July 01, 2021 0

झापा १७ असार । अवैध लागूऔषध खैरो हेरोईन सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचिनगर नगरपालिका १५ बस्ने २० वर्षीय सुवास मेचे र सोही गाउँपालिका १० बस्ने २५ वर्षीय सुरज लामिछाने रहेका छन् ।

मे १ ह ५९९० नम्बरको टेम्पोमा सवार उनीहरुलाई ईलाका प्रहरी कार्यालय दमक र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटीएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा कमल गाउँपालिका ३ स्थित केर्खा बजारबाट ८८ ग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने लेसाईलो पदार्थ सहित पक्राउ गरेको हो ।

उनीहरुलाई हिजो बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर