अवैध लागुऔषध चरेशसहित एक जना प्रहरीको नियन्त्रणमा — OSNepal

अवैध लागुऔषध चरेशसहित एक जना प्रहरीको नियन्त्रणमा

LC (KTM) July 01, 2021 0

वाग्लुङ १७ असार । अवैध लागुऔषध चरेश सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका ६ भिवाङ बस्ने ५६ वर्षीय कुम बहादुर बुढा रहेका छन् ।

निजलाई जिल्ला प्रहरी कार्यालय वाग्लुङ र ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले हिजो करिब २ केजी २ सय ग्राम अवैध लागूऔषध चरेश सहित पक्राउ गरेको हो ।

उनलाई हिजो बुधबार उनकै घरसँगै जोडिएको टहरोमा लुकाई राखेको चरेस सहित पक्राउ गरिएको हो । पक्राऊ परेका निजमाथि थप अनुशन्धान भइरहेको प्ररहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर