लकडाउन खुकुलो भएपछि विराटनगरमा फेरि बढ्न थाल्यो संक्रमण, २५ दिनको शिशुमा पनि देखियो कोरोना — OSNepal

लकडाउन खुकुलो भएपछि विराटनगरमा फेरि बढ्न थाल्यो संक्रमण, २५ दिनको शिशुमा पनि देखियो कोरोना

LC (KTM) July 01, 2021 0

विराटनगर-विराटनगरमा फेरी कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । लकडाउन खुकुलो भएको साता नबित्दै कोरोना संक्रमितको संख्या बढेपछि फेरी त्रास बढ्न थालेको छ । । संक्रमित भएर अस्पताल भर्ना हुनेमा नवजात शिशु र किशोरकिशोरी समेत छन्  गत सातासम्म नोबेल अस्पतालमा ६५ जना संक्रमित भर्ना थिए । चार दिनयता बढेर ९५ पुगेको छ ।

संक्रमित मध्य २५ दिनको शिशुसहित चौध वर्ष मुनिका ५ जना बालबालिका छन् । लकडाउन खुकुलो भएसँगै स्वास्थ्य मापदण्डलाई बेवास्ता गर्दा संक्रमित पुनः बढ्ने चिकित्सकले बताएका छन् । नोबेलमा हालसम्म एक हजार ४६ जना संक्रमित भर्ना भएका छन् । १ सय ९१ जनाले ज्यान गुमाएका छन् ।

८ सय १४ जना निको भएका छन् । त्यस्तै विराट शिक्षण अस्पतालमा पनि दुई दिनयता संक्रमित बढेको छ । शुक्रबारसम्म २३ जना संक्रमित उपचारर्थ थिए, शनिबार एकै दिन नौजना संक्रमित भर्ना भएको बताइएको छ । महानगरमा कोरोनाको दोस्रो लहरका कारण आइतबारसम्म १ सय ३९ जनाले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर