नेपाल भोलीको बैठकमा सहभागी नभए , के यी नेताहरु जालान् त बैठकमा ? — OSNepal

नेपाल भोलीको बैठकमा सहभागी नभए , के यी नेताहरु जालान् त बैठकमा ?

LC (KTM) July 01, 2021 0

काठमाडौँ १७ असार । नेकपा ९एमाले०को माधव नेपाल समुहको बैठक केहि बेर अगाडी सुरु भएको छ । बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेट्समा बसेको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भोली शुक्रबारका लागि आह्रान गरेको केन्द्रीय कमिटी बैठक सहभागी हुने नहुने विषयमा छलफल हुने भएको छ ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसहित उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु गोकर्ण बिष्ट र योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायतको उपस्थिति रहेको छ ।

प्रधानमन्त्री समेत रहेका ओलीले नेपाल समुहको माग संम्बोधन गरेपछि नयाँ दल खोल्न तयार भएको नेपाल समुह संकटमा परेको छ । बैठकमा सहभागी नभए नेपाललाई अन्य नेताले साथ देलान् या नदेलान् यो विषयलाई चासोको रुपमा हेरिएको छ ।

घनश्याम भुसाल, सचिवहरु गोकर्ण बिष्ट र योगेश भट्टराईहरु पार्टी एकताको लागि लागि परेका छन् । अब यी नेताहरु कता जालान् ? बैठकमा नेपाल नगए के गर्लान ? एकता गर्नुपर्छ भन्दै आएका यी नेताहरुको लागि भने ओलीको यो निणर्य सकारात्मक भएपनि नेपालले भने भुल्याउने मेसो भन्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर