विश्वकपको तयारीमा रंगशाला र सडक निर्माणका क्रममा कति मानिसले ज्यान गुमाएका थिए ? — OSNepal

विश्वकपको तयारीमा रंगशाला र सडक निर्माणका क्रममा कति मानिसले ज्यान गुमाएका थिए ?

LC (KTM) November 30, 2022 0

काठमाडौं । फिफा विश्वकपको तयारीमा ठूलो संख्यामा मजदूर मारिएको विश्वकपको आयोजक देश कतारले स्वीकार गरेको छ ।

पहिलो पटक विश्वकपको तयारीमा ४०० देखि ५०० कामदारको मृत्यु भएको पहिलो पटक कतारका एक उच्च अधिकारीले स्वीकार गरेका छन् । कतारका शीर्ष नेता हसन अल थावादीले बेलायती पत्रकार पियर्स मोर्गनलाई दिएको अन्तर्वार्तामा ठूलो संख्यामा कामदार मारिएको स्विकार गरेका हुन् ।

अङ्ग्रेजी पत्रिका बिजनेश स्ट्यान्डर्डमा प्रकाशित समाचारका अनुसार ति उच्च् अधिकारील्े यो संख्या करिब ४ सयदेखि ५ सयको हाराहारीमा रहेको बताएका छन् ।

मृत्यु हुनेमा विश्वकपका लागि रंगशाला, सडक, होटललगायतका पूर्वाधार निर्माणमा संलग्न मजदुरहरु रहेका छन् । यसअघि विश्वकपको तयारीका क्रममा ज्यान गुमाउनेको संख्या ३७ देखि ४० सम्म रहेको बताइएकोमा पहिलो पटक कतारले यर्थाथ स्वीकार गरेको हो ।

सन् २०१० मा विश्वकप फुटबल आयोजनाको अधिकार जितेपछि कतारले आफ्नो पूर्वाधार निर्माणका क्रममा रंगशाला, सडक, होटललगायतका पूर्वाधार निर्माणमा उनीहरुको ज्यान गएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर