प्रचण्डपुत्र प्रकाशको आज जन्मदिन, पत्नि बिनाले प्रकाशको सम्झनामा लेखिन् यस्तो मन छुने भावुक स्टाटस — OSNepal

प्रचण्डपुत्र प्रकाशको आज जन्मदिन, पत्नि बिनाले प्रकाशको सम्झनामा लेखिन् यस्तो मन छुने भावुक स्टाटस

LC (KTM) July 01, 2021 0

काठमाडौ । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालका छोरा प्काशकोको आज जन्मदिन हो । आज भन्दा ४० वर्ष पहिला आजकै दिन प्रकाश दाहाललाई जन्मदिएकी सिताले त्यो क्षण अझै बिर्सीएकी छैनन् ।

तर हृदयघातबाट प्काशको निधन भएसँगै सिताले एकमात्र छोरा गुमाइन् भने प्रकाशकी पत्नि बिना मगरले पनि पति गुमाएकी छिन् । प्रकाशको ४० औँ जन्मदिनमा उनकी पत्नी बिना मगरले एक भावुक स्टाटस लेख्दै बिनाले आँफु एक्लो भएको तर आफ्नो सारा जिवन प्रकाशकै नाममा खसिर्चने उल्लेख गरेकी छिन् ।

पूर्व खानेपानी मनत्री समेत रहेकी बिनाले छोराले प्रकाशलाई श्रद्धाञ्जली स्वरुप पुष्प चढाउँदै गरेको तस्बिर सार्वजनिक गर्दै उनले निकै भावुक शब्द लेखेकी छन्, बिनाले लेखेको स्टटास यस्तो छ प्रिय प्रकाश, तिम्रो जन्मदिन मेरो निम्ति सधै गह्रौं पहाड बनेर आउँछ। संगै साचेको खुसिको प्याला आज मुटु जलाई जान्छ भनेर लेखेकी छिन् ।

उनले अगाडी लेख्छिन् चौतर्फी प्रहार अनि चुनौतीमाझ संगालेको खुसी लिई मुस्कुराउन नपाई पोखिएको देख्दा मन भक्कानिएर आउँछ। तिम्रो सपना मेरा लागि सधैं अविस्मरणीय र चीरस्थायी हुनेछ। मेरो जीवन तिम्रो सपनाकै निम्ति खर्चनेछु।तिमीसँगको हरेक पल मेरो जीवनको प्रेरणा हुनेछ, हार्दिक श्रद्धासुमन प्रकाश ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर