दक्षिण एसियाली क्षेत्रीय टेबलटेनिस छनोट प्रतियोगिता नेपालमा हुने भएको छ । यसमा छनौट भएका टिमहरुले विश्व टेबलटेनिस च्याम्पियनसिपका लागि प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिता मंसिर २२ देखि २५ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने आयोजक अखिल नेपाल टेबलटेनिस संघले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
नेपालबाट पुरुषमा रुविन महर्जन, प्रदीप रोक्का, संयोग कपाली, विनेश खानियाँ र शिवसुन्दर गोथेले प्रतिस्पर्धा गर्ने छन् । महिलामा नवीता श्रेष्ठ, एलिना महर्जन, रविना महर्जन, शिखा सुवाल र इभाना थापा मगरले खेल्ने छन् । प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र माल्दिभ्स गरी ६ राष्ट्रको सहभागिता रहने छ ।
भुटान सहभागी नहुने भएको छ । प्रत्येक राष्ट्रबाट ५–५ पुरुष÷महिला खेलाडी सहभागी हुने बताइएको छ । पुरुष÷महिला सिंगल्समा लिग कम नकआउट आधारमा हुनेछ । पुरुष÷महिलामा १६–१६ खेलाडी छनोट हुने छन् ।