मिस अर्थमा नेपाललाई ऐतिहासिक सफलता — OSNepal

मिस अर्थमा नेपाललाई ऐतिहासिक सफलता

LC (KTM) November 29, 2022 0

मिस अर्थ २०२२ को अन्तिम २० मा मिस नेपाल अर्थ सरिशा श्रेष्ठ छनौट हुन सकिनन् । यद्यपी उनी छनौटमा पर्न नसके पनि सबटाइटल इकोभिडियो प्रतिस्पर्धामा एसियामै उत्कृष्ट घोषित भएकी छिन् । मिस अर्थमा नेपालले हासिल गरेको यो ऐतिहासिक पहिलो उपलब्धी रहेको छ ।

यसअघि कसैले पनि कुनै टाइटल जित्न सकेको थिएन । सरिशाले इको-भिडियोमा नेपालको वातावरणीय चुनौति र हिमाल पग्लिएको मुद्दा उठाएकी थिइन् । यो भिडियोलाई सबैले मन पराएका थिए । उता मिस अर्थ २०२२ को उपाधि भने दक्षिण कोरियाकी मीना स्यू चोइले जितेकी छन् ।

आज बेलुका फिलिपिन्सको राजधानी मनिलामा आयोजित ग्राण्ड फिनालेमा पूर्वमिस अर्थ डेस्टिनी वेंगरले ताज लगाइदिइन् । संसारका ८६ जना सुन्दरीले यस प्रतियोगितामा भाग लिएका थिए । कोरोना महामारीले अघिल्ला दुईवर्ष हुन नसकेको प्रतिस्पर्धा यसपटक भौतिकरुपमा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर