दुई महिना पछि आजबाट दैनिक ६४ आन्तरिक हवाई उडान सुरु — OSNepal

दुई महिना पछि आजबाट दैनिक ६४ आन्तरिक हवाई उडान सुरु

LC (KTM) July 01, 2021 0

काठमाडौं । करिब दुई महिना पछि आजबाट आन्तरिक हवाई उडान सुर भएको छ । कोभिड १९ कोरोना भाइरसले गर्दा विगत दुई महिना देखिबन्द रहेको हवाइ उडान आजबाट पुन सञ्चालनमा आएको हो ।

आजबाट नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक वायुसेवा कम्पनीको दैनिक ६४ उडान सञ्चालन गर्नेगरी उडान तालिका बनाएको छ । स्वास्थ्य मापदण्डका नियम पुर्ण रुपमा पालना गरी आजबाट उडान सुरु भएको छ ।

प्राधिकरणले आन्र्तरिक उडानका लागि यती एअरलाईन्सलाई १५, बुद्ध एअरलाई ३१, श्री एअर सात, सौर्य एअरलाई तीन र नेपाल एयरलाईन्सलाई दुई, तारा एअरलाई दुई, समिट एयरलाई दुई र सिता एयरलाई दुई गरी दैनिक ६४ वटा उडानको अनुमती दिएको हो ।

दोस्रो लहरको कोरोना संक्रमणले गर्दा वैशाख २० गतेदेखि आन्तरिक र वैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय उडान स्थगन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर