काठमाडौं, मंसिर १३ । टेलिभिजनको पर्दामा चर्का र खरो रुपमा बोलेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका चितवन – २ बाट निर्वाचित भएपछि उनले कमाल गरेर देखाउने संकेत देखाएका छन् ।
रविले सांसद भएपछि गरेका कामका विवरणबारे४ बुँदा सार्वजनिक गर्दै पहिलो प्राथमिकतामा आँफुलाई सबैभन्दजा कम मत खसेको चितवन( २ को इच्छाकामना गाउँपालिकाको वडा नम्बर २, ३, ४, ५, ६ र ७ का विद्युत नपुगेका स्थानमा यही महिनाभित्र जिुली पुर्याउने गरी पहल सुरु गरेका छन् ।
उनले भोट खसालेपछि जनताको काम सकिने र जनप्रतिनिधिको काम सुरू हुनेसमेत उल्लेख गर्दै इच्छाकामना गाउँपालिकामा यही महिनाभित्र क्रमश टेन्डर आह्वान गरेर विद्युत लाइन विस्तार हुने जनाएका छन् ।
विद्युत प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग तत्काल विद्युत लाइन विस्तार गर्न छलफल समेत रविले सुरु गरेका छन् । उनले अब छिटोभन्दा छिटो मेरो निर्वाचन क्षेत्रका नागरिकले टुकी बाल्नु पर्ने अवस्थाको अन्त्य हुने समेत बताए ।
साथै उनले कालिका नगरपालिकाको विद्युत नपुगेका पहाडी भेगमा पनि तत्काल विद्युत विस्तार हुने बताएका छन्।
रविले चितवनका किसानले वर्षौंदेखि भोगेको रासायनिक मलको अभाव अन्त्यका लागि आज कृषि सामग्री कम्पनी लिमिटेड पुगेर मल आयातको अवस्था, भण्डारण र वितरणको अवस्था निरीक्षण गरेको बताएका छन् । रविले समसामयिक राजनीतिबारे पनि नजिकबाट नियालीरहेको उल्लेख गरेका छन्।