ओलीको यो निणर्यमाथि झाँक्रीको प्रतिक्रिया : पूरानै प्रडक्टमा नयाँ र्यापर मात्र लगाएको हो ,भ्रममा नपरौँ — OSNepal

ओलीको यो निणर्यमाथि झाँक्रीको प्रतिक्रिया : पूरानै प्रडक्टमा नयाँ र्यापर मात्र लगाएको हो ,भ्रममा नपरौँ

LC (KTM) July 01, 2021 0

काठमाडौं १६ असार । नेकपा ९एमाले० की नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी ओली शर्मा ओलीको बैठकको निणर्यलाई गुटको संज्ञा दिएकी छिन् । हिजो बालुवाटमार बसेको दशौं महाधिवेशन आयोजक कमिटी बैठकलाई ओलीको गुटको संज्ञा दिएकी झाँक्रीले पुरानै Product मा नयाँ Wrapper मात्र लगाएको हो।

झाँक्रीले ट्वीटर मार्फत हिजो बेलुकी यस्तो टिप्पणी गरेकी हुन् । उनले भनेकी छन् ,ओली गुटको बैठकको निर्णय २०७७ फागुन २८ को निर्णयको नाम मात्र फेरेको हो।” माधव नेपाल समुहको जेठ २ को अवस्थामा पार्टी फर्किनु पर्ने मागलाई संम्बोधन गरेपछि पनि ओली नेपाल समुहबाट आलोचि बनेका छन् । ओलीको यो निणर्य भुल्याउनको लागि मात्र भएको भन्दै टिका टिप्पणी हुन थालेको छ ।

झाँक्रीले लेखेकी छिन्-” -पुरानै Product मा नयाँ Wrapper मात्र लगाएको हो। Customer झुक्किनु पर्ने नै छैन। भ्रममा नपरौँ, आजको ओली गुटको बैठकको निर्णय २०७७ फागुन २८ को निर्णयको नाम मात्र फेरेको हो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर