झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा हुने भनिएको दोस्रो कनकाई भेट्रान कप फुटबलको मिति सारिएको छ । विश्वकप फुटवलका कारण मिति सारिएको हो । कनकाई माविको खेल मैदानमा मंसिर १६ गतेदेखि हुने भनिएको कनकाई भेट्रान कप अब एकैचोटी पुष ९ गते शनिवारका दिनदेखि सुरु हुने भएको आयोजक कनकाई भेट्रान क्लवका सचिव रमेशचन्द्रबाबु मैनालीले जानकारी दिए ।
क्लवको शुक्रवार बसेको बैठकले खेललाई थप आकर्षक बनाउनका लागि केहिदिन खेलको मिति सार्ने निर्णय गरेको थियो । यस प्रतियोगितामा झापा, मोरङ, सुनसरीका सहित कुल ८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख १ हजार र दोस्रो हुने टिमले ६१ हजार नगद र ट्रफि पाउने छ ।