बिश्वकप फुटबलको चौथो खेलमा अहिले केहीबेर पछि समूह ई मा रहेका २ शक्तिशाली टिम जर्मनी र स्पेन भिड्दैछन् । जर्मनी र स्पेनको खेल नेपाली समय अनुसार राति पौने १ बजे बाट सुरु हुनेछ । पहिलो खेलमा पराजय ब्यहोरेको जर्मनी यो खेलमा स्पष्ट जित सहित ३ अंक बटुल्ने दाउमा रहेको छ ।
उता स्पेन भने पहिलो खेलमा शानदार जित निकालेको लयलाई निरन्तरता दिन चाहान्छ । नकआउट चरणमा पुग्नका लागि दुवै टोलीलाई यो खेल महत्वपुर्ण रहेको छ । जर्मनी आजको खेल जितेर नकआउट चरणको सम्भावना जीवितै राख्न चाहान्छ । स्पेन आफ्नो जितको लयलाई निरन्तरता दिदै नकआउट चरण प्रवेश निश्चित गर्न चाहान्छ ।
यस समुहमा अंक विहीन जर्मनी तेस्रो स्थानमा रहेको छ ।स्पेन भने ३ अंकका साथ र्शीष स्थानमा रहन सफल भएको छ । जर्मनी र स्पेनले अहिलेसम्म २५ खेल भएको छ । जसमा जर्मनीले ९ खेल जित्दा स्पेनले ८ खेल जितेको छ । दुई टोलीबीच ८ खेल बराबरीमा सकिएको छ ।