काठमाडौं । जारी विश्वकपमा जर्मनीलाई स्तब्ध बनाएको एसियाली राष्ट्र जापान दोस्रो खेलमा कोस्टारिकासँग १-० ले पराजित भएको छ । कतारमा केही बेर अघि मात्रै सकिएको खेलमा कोस्टारिकालाई पहिलो जित दिलाउन फुलर स्पेन्सले ८१औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो ।
कतारको अहमेद बिन अली स्टेडियममा सम्पन्न खेलमा कोस्टारिकाले जापानलाई हराएर समूह ईमा पहिलो जित निकालेको हो । पहिलो खेलमा स्पेनसँग ७-० को पराकिलो अन्तरले पराजित भएको कोस्टारिकाले पहिलो जितबाट ३ अंक जोड्दै अन्तिम १६ मा पुग्ने सम्भावना कायम नै रहेको छ ।
समुहको अन्तिम खेलमा जापानले स्पेनसँग खेल्नेछ भने कोस्टारिकाले जर्मनीसँग भिड्नेछ । दुई खेल खेलेका जापान र कोस्टारिकाको समान ३ अंक छ । सोही समूहमा रहेका स्पेन र जर्मनीबीच आज मध्यराति खेल हुँदैछ । रोचक प्रतिस्पर्धामा क सले बाजी मार्ला भन्ने कौतुहलता बढेको छ ।