नेकपा एमालेका नेता भीम आचार्यल सुनसरी २ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका छन् ।
कांग्रेस नेता सीताराम महतोलाई पछि पार्दै उनले चुनाव जितेका हुन् । आचार्यले ३२ हजार ८ मत प्राप्त गर्दै विजेता बन्दा कांग्रेसका महतोले २६ हजार ५८ मत पाए ।
मोरङ–१ मा नेपाली कांग्रेसले बिजयी हाँसिल गरेको छ । कांग्रेसका डिगबहादुर लिम्बु प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार घनश्याम खतिवडालाई पराजित गरेका हुन् ।
डिगबहादुरले २७ हजार २९७ मत प्राप्त गरे । एमालेका खतिवडाले २६ हजार ८६७ मत ल्याए । प्रदेशसभामा भने एमालेका उमाकान्त गौतम यसअघि नै बिजयी भईसकेका छन् ।
उता धनुषा १ बाट प्रतिनिधि सभा सदस्यमा जनता समाजवादी पार्टीका दीपक कार्की निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवलाई ५ हजार ४८ मतान्तरले पराजित गर्दै कार्की निर्वाचित भएका हुन् । कार्कीले २७ हजार ४३१ मत ल्याए भने यादवले २१ हजार ४८३ मत पाए ।