काठमाडौं । सिन्धुलीको कमला नदीमा लगातारको वर्षाले जलसतह पार गरेको छ । जलसतह पार गरेपछि सर्तक रहन आग्रह गरिएको छ । कमला नदीको बाढीले असर गर्ने धनुषा, सिराहा लगायत तल्लो तटीय क्षेत्र तथा डुबान भईरहने क्षेत्रहरुमा रहनुहुनेहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
त्यसैगरी तनहुँको बन्दीपुर, विमलनगर, सख्खर र चितवनको कालीखोला वर्षा मापन केन्द्रमा पनि ठूलो वर्षा मापन भएकाले बाढी आउन सक्ने भन्दै त्यस क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरिएको हो ।
यो पनि, नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो , सडक अवरुद्ध – नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको छ । पहिरो आज राति २ः१० बजे खसेको हो । यस क्षेत्रमा निरन्तर पानी परिरहेको छ ।