काठमाडौं । नेकपा एमालेका बौद्धिक नेता मानिन्छ सुवासचन्द्र नेम्वाङलाई । उनै सुवासचन्द्र नेम्वाङ इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काभन्दा झिनो मतले पछि परेका छन् । उनलाई खड्काले १६ मतान्तरले पछि पारेका हुन् । खड्काले २८ हजार ४८६ मत ल्याउँदा नेम्वाङले २८ हजार ४७० मत ल्याएका छन् ।
चुनावमा हारजीत सबैको हुन्छ । हारजीतकै कारण एक अर्का संग मनमुटाव समेत हुने गर्दछ । तर दाङ–२ मा भने फरक दृश्य देखिएको छ । दाङबाट नवनिर्वाचित माओवादी केन्द्रकी प्रतिनिधिसभा सदस्य रेखा शर्माले आफ्नै निकटतम प्रतिद्धन्दी एमालेका महासचिव शंकर पोखरेललाई घरमै गएर भेट गरेकि छिन् ।
यो भेटमा दुबै जनाबीच छलफल भएको थियो । चुनाव जितेपछि उनी शुक्रबार नेता पोखरेललाई भेट्न उनकै निवासमा पुगेकी हुन् । भेटवार्ताका क्रममा दुबै जनाले दाङको विकासबारे छलफल गरेको बुझिएको छ ।
उनले पोखरेलसँग जिल्लाको विकास र समृद्धिबारे सल्लाह र सुझाव पनि मागेकी थिईन् । महासचिव पोखरेलले पनि भेटमा शर्मालाई निर्वाचन जितेकोमा बधाई दिए । उनले शर्मालाई दाङको विकासका लागि आफू सधैं सहयोग गर्न तयार रहेको जवाफ दिएका थिए ।