काठमाडौं ।
अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर ‘फेक’भएको रहस्य बाहिर आएको छ ।
नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको भाइरल तस्विर ‘अलपाइन इन्टरनेसनल म्यागाजिन’ले फोटोको ‘फ्याक्ट चेक‘ गर्दा फेक भएको धेरै आधारहरु फेला परेका छन् ।
हिमाली जीवन, प्रकृति र फोटोग्राफीका विज्ञहरूले चलाएको विश्वकै चर्चित म्यागेजिन अलपाइन इन्टरनेसनलको फ्याक्ट चेकमा भनिए अनुसार पावलोस्की एक फोटोग्राफर नै हुन या होइनन भन्नेमा पनि आशंका देखिएको छ ।
किटीया पवलोस्की हिउँ चितुवाको केही सटहरू भेट्टाउन भाग्यशाली भएको बताउँदै उनले आफ्नै बारेमा धेरै बखान गरेको समेत उक्त जर्नलमा उल्लेख छ ।
पावलोस्कीका तस्बिरहरू उत्कृष्ट छन तर तिनीहरू प्राकृतिक नभई फोटोसप जस्ता सफ्टवेयर प्रयोग गरेर धेरै सिर्जना गरिएको समेत उक्त जर्नलमा उल्लेख गरिएको छ ।
‘पावलोव्स्कीलाई फोटोसप चलाउने कुरामा विज्ञता छ । उनले त्यही विज्ञता प्रयोग गरेको समेत फ्याक्ट चेकले दाबी गरेको छ ।
नेपालमा भाइरल भएको उक्त चितुवाको तस्विर फोटो सार्वजनिक भएसँगै नेपालस्थित अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजबाट समेत सार्वजनिक गर्दै उनको तारिफ समेत गरिएको थियो ।