बन्दिपुरमा पहिरोले दुई घर बगायो, एक जना बेपत्ता , पाँचको उद्धार — OSNepal

बन्दिपुरमा पहिरोले दुई घर बगायो, एक जना बेपत्ता , पाँचको उद्धार

LC (KTM) July 01, 2021 0

बन्दिपुर- बन्दिपुर–४ तामुङमा पहिरोले दुई घर बगाउँदा एक जना बेपत्ता भएको र पाँचको उद्धार भएको जानकारी पाएको गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोले बन्दिपुर–३ मा दुई वडा नं ५ मा तीन घर बगाएको खबर आएको छ । मानवीय क्षति नभएको र अन्य क्षेत्रमा भएका घटनाको जानकारी लिने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।

बाल आइसियु बनाउन गैरआवासीय नेपालीको सहयोग- गैरआवासीय नेपाली सङ्घले नारायणी अस्पताललाई रु २२ लाख ६० हजार आर्थिक सहयोग गरेको छ । गैरआवासीय राष्ट्रिय समन्यव परिषद् जापानले उपलब्ध गराएको उक्त रकम अस्पतालमा बाल आइसियु बनाउन सहयोग गरेको परिषद् जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले बताउनुभयो ।

परिषद्ले केही समयअघि नारायणी अस्पतालसँग सहकार्य गर्न अस्पताल व्यवस्थापन समितिलाई प्रस्ताव पेश गरेको थियो । हालै सोही प्रस्तावलाई अस्पताल व्यवस्थापन समितिले स्वीकृत गरेपछि बाल आइसियु बन्ने काम अगाडि बढेको हो ।

गैरआवासीय नेपाली सङ्घका केन्द्रिय कोषाध्यक्ष महेश श्रेष्ठलाई सङ्घका पूर्वअध्यक्ष भवन भट्टले उक्त रकम र अन्य स्वास्थ्य सामग्री राष्ट्रिय परिषद् जापानको कार्यलयमा हस्तारण गर्नुभएको थियो । देशमा आपत्विपद् पर्दा विदेशमा रहेर पनि नेपालमा निरन्तर सहयोग गर्ने गैरआवासीय नेपाली सङ्घप्रति नारायणी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा वीरेन्द्रबहादुर प्रधानले धन्यपाद व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर