नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्यो,सवारी साधन दुईतर्फी अवरुद्ध — OSNepal

नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्यो,सवारी साधन दुईतर्फी अवरुद्ध

LC (KTM) July 01, 2021 0

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको छ । पहिरो आज राति २ः१० बजे खसेको हो । यस क्षेत्रमा निरन्तर पानी परिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर