वर्ष खेलाडी पुरुष र महिलालाई जनही दुई लाख पुरस्कार — OSNepal

वर्ष खेलाडी पुरुष र महिलालाई जनही दुई लाख पुरस्कार

LC (KTM) June 30, 2021 0

कास्की, १६ असार – नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही असार १८ गते पोखरामा हुने ‘पाँचौ संस्करणको पोखरा स्पोर्टस् अवार्ड’को तयारी पूरा भएको छ । मञ्चले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा मापदण्ड कायम गरेर रङ्गशालाको ब्याण्डमिन्टन हलबाट ‘सेमिभर्चुअल’ रुपमा अवार्ड वितरण समारोह आयोजना गरिने जनाएको छ । सो अवार्ड यसवर्ष विसं २०७६÷७७ लाईसमेत जोडेर संयुक्त रुपमा प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी प्रदान गरिने मञ्चका अध्यक्ष एकराज गिरीले जानकारी दिनुभयो ।

खेल क्षेत्रमा लागेका खेलाडी तथा प्रशिक्षक र खेल संघहरुको हौसला अभिवृद्धि तथा खेलकूदको विकासमा योगदान गर्ने उद्धेश्यले मञ्चले अवार्ड वितरण गर्दै आएको छ । विभिन्न सात विधामा अवार्ड प्रदान गरिने छ जसमा लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष र महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकार छन् । लाइफटाइम अचिभमेन्ट अवार्डमा चाँदीको करुवा, ताम्रपत्र, ट्रफी र दोसल्ला छ भने वर्ष खेलाडी पुरुष र महिलालाई जनही रु दुई÷दुई लाख, सम्मानपत्र, ट्रफी र दोसल्ला प्रदान गरिने मञ्चका महासचिव विजय नेपालले जानकारी दिनुभयो । वर्ष उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट खेल पत्रकार (दुई जना) लाई जनही रु ३५ हजार, सम्मानपत्र, ट्रफी र दोसल्ला प्रदान गरिने छ ।

लाइफ टाइम अचिभमेन्ट अवार्ड पोखराको फुटबल खेल विकासमा योगदान पु¥याउनुभएका केशव रञ्जित (आनन्द) र वर्ष उत्कृष्ट खेल संघ पुरस्कार जिल्ला आर्चरी संघलाई दिइने छ । यसैगरी वर्ष उत्कृष्ट पुरुष विधामा नवीन रसाइली (कराते), विनेश खनियाँ (टेबलटेनिस) र सुमन अर्याल (फुटबल) मनोनयनमा पर्नुभएको छ । वर्ष खेलाडी महिलामा जमुना थापा (साइक्लिङ), पार्वती गुरुङ (तेक्वान्दो) र प्रशंसा क्षेत्री (तेक्वान्दो) मनोनयनमा हुनुहुन्छ । उदीयमान तर्फ दुवाना लामा (पौडी), प्रदीप खड्का (लनटेनिस) र विपीन खत्री (क्रिकेट) तथा उत्कृष्ट प्रशिक्षकमा आनन्द कुँवर (पौडी), किरण श्रेष्ठ (फुटबल) र सुरेश मल्ल ठकुरी (बक्सिङ) मनोनयनमा हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर