संविधान र लोकतन्त्रको रक्षाको जिम्मेवारी कांग्रेसको : नेतृ कोइराला — OSNepal

संविधान र लोकतन्त्रको रक्षाको जिम्मेवारी कांग्रेसको : नेतृ कोइराला

LC (KTM) June 30, 2021 0

काठमाडौँ, १६ असार – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले संविधान र लोकतन्त्रको रक्षाको जिम्मेवारी कांग्रेसको भएको बताउनुभएको छ । गिरिजाबाबुको ९८ औँ जन्मजयन्तीको अवसरमा गिरिजाप्रसाद कोइराला फाउण्डेशन कर्णाली प्रदेशले आज आयोजना गरेको ‘लोकतन्त्रको सङ्घर्ष र गिरिजाबाबुको योगदान’ विषयक भर्चुअल अन्तक्र्रियामा उहाँले कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको रक्षाको जिम्मेवारी पनि पार्टीको भएको बताउनुभएको हो ।

“गिरिजाबाबुलाई अन्तिम अवस्थामा पनि संविधानको चिन्ता थियो, सुशील कोइरालाको नेतृत्वमा निर्माण भएको संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको हो”, उहाँले भन्नुभयो । केन्द्रीय सदस्य जीवनबहादुर शाहीले गिरिजाबाबुले शान्ति स्थापना र संविधान बनाउन खेल्नुभएको भूमिका प्रशंशनीय रहेको बताउनुभयो । कर्णाली प्रदेशका उर्जामन्त्री दिनबन्धु श्रेष्ठले कर्णाली राजमार्गको शिलान्यास गिरिजाबाबुको पालामा भएको भन्दै उहाँ कर्णालीवासीको अभिभावक भएको उल्लेख गर्नुभयो । पूर्वमन्त्री हस्तबहादुर मल्लले गिरिजाबाबुले कर्णालीमा मोटरबाटो लैजानका लागि आफ्नो प्रधानमन्त्रीत्वकालमा महत्वपूर्ण निर्णय गरेको स्मरण गर्नुभयो ।फाउण्डेशन कर्णाली प्रदेशका संयोजक एवम् पूर्व सांसद रीता शाहीले कर्णालीको विकासमा गिरिजाबाबुको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर