राउटे युवतीमाथि यौ न दुव्र्यवहार गर्ने तीन जना कारागार चलान — OSNepal

राउटे युवतीमाथि यौ न दुव्र्यवहार गर्ने तीन जना कारागार चलान

LC (KTM) June 30, 2021 0

कर्णाली, १६ असार- राउटे युवतीमाथि यौ न दुव्र्यवहार गर्ने तीन जनालाई कारागार चलान गरिएको छ । जिल्ला अदालत सुर्खेतका न्यायाधीश डिलप्रकाश सापकोटाको इजलासले गुर्भाकोट—९ का चौमन घर्ती, भूपेन्द्र बुढा र मिलन भनिने मनबहादुर पुनलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अदालतको आदेशपछि तीनै जनालाई आज जिल्ला कारागार सुर्खेत चलान गरिएको छ । फिरन्ते राउटे समुदाय गुर्भाकोट नगरपालिकामा रहँदा १९ र २३ वर्षीय युवतीलाई उनीहरुले जेठ २१ गते स्थानीय बोटेचौरस्थित एक होटलमा लगेर यौ नहिंसा गरेको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो । घटनाको दुई दिनपछि प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो । प्रहरीले ती युवाविरुद्ध मानव ओसारपसार, यौ न दुव्र्यवहार र जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर