पूर्वराजा ज्ञानेन्द्र भन्छन् 'आज नेपाली जनताको मन अशान्त छ, परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएपनि जनताले सुख पाएनन्' — OSNepal

पूर्वराजा ज्ञानेन्द्र भन्छन् ‘आज नेपाली जनताको मन अशान्त छ, परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएपनि जनताले सुख पाएनन्’

LC (KTM) June 30, 2021 0

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले ठोस सुख सुविधा नपाइरहेको बताएका छन् । परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएपनि जनताले सुखको अनुभूति गर्न नपाएको भन्दै दुख लागेको बताएका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दे उनले भनेका छन् परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जति नै रुपान्तरण गरे पनि जनताले ठोस सुख सुविधा नपाइरहेको बुझिएको छ ’, पूर्वराजाले बुधबार एक विज्ञप्तिमार्फत भनेका छन्, ‘आफ्ना मूल्य, मान्यता तथा अस्तित्वलाई समाप्त पार्ने तर सही सिर्जना र सार दिन नसक्ने, आज नेपाली जनताको मन अशान्त रहेको छ ।’

सरकारले प्रभावकारी ढंगले कोरोना खोप ल्याउन नसकेको र यसले कतिपय नेपाली निराश बनेका छन् । यस्तै शाहले राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रवन्ध र व्यवस्थापन संक्रमण, संकट र अन्योलको अवस्थामा देखा परेको पनि उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर