विश्व कप फुटबलमा शक्तिशाली मानिएका टिमहरु एकपछि अर्काे गर्दै पराजित हुन पुगेका छन् । हिजो मात्र साउदी अरब संग अर्जेन्टिना पराजित भए संगै आज उपाधी दाबेदारको रुपमा हेरिएको जर्मनीलाई झट्का लागेको छ । एसियाको पावर हाउस मानिएको जापानले उपाधि दाबेदार जर्मनीलाई पराजित गरेको हो ।
आज खलिफा अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा जापानले जर्मनीलाई २–१ को गोल अन्तरले स्तब्ध बनायो । खेलमा १ गोलले पछि परेको अवस्थामा जापानले पुनरागमन गर्दै २–१ को जित निकालेको हो । खेलको ३३ औँ मिनेटमा जर्मनीका लागि इल्काए गुन्डोगनले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा जर्मनी १–० ले अघि रहेको थियो । तर खेलको अन्त्यतिर सम्हालिन नसक्दा जर्मनीले पहिलो खेलमै पराजय भोग्न पुग्यो । जापानका लागि खेलको ७५ औँ मिनेटमा रित्सु डोन र ८३ औँ मिनेटमा तकुमा ओसनाले गोल गरे । यो जितसँगै समूह ुईु मा रहेको जापान ३ अङ्कसहित शीर्ष स्थानमा उक्लिएको छ ।